Like us!
Follow us!
Connect us!
Watch us!

फेरि घट्यो नेसनल माइक्रोफाइनान्सको लाभांश दर

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १० : ४२ मा प्रकाशित

फेरि घट्यो नेसनल माइक्रोफाइनान्सको लाभांश दर

नेसनल माइक्रोफाइनान्स लघुवित्तले लाभांश दरमा फेरी संशोधन गरेको छ । कम्पनीको हिजो (आइतबार) बसेको सञ्चालक समिति बैठकले लाभांश दर घटाएर अब गत आर्थिक वर्षको नाफाबाट १५% बोनस सेयर मात्र वितरण गर्ने निर्णय गरेको हो । 

यस लघुवित्तले सुरुमा घोषणा गरेको ३८.५% बोनस सेयर प्रस्तावलाई संशोधन गरी ३४.४५% मा झारेको थियो । अहिले उक्त दरलाई फेरि घटाएर १५% बोनस सेयरमा सीमित गरी आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको हो । 

नियामक नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको