Like us!
Follow us!
Connect us!
Watch us!
५५ लाख भन्दा बढि लगानीकर्ता मर्माहत भयो

लगानीकर्ता संघहरुले धितोपत्र बोर्डलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै भन्यो– पुँजीबजारको यस विषम परिस्थितिमा हातेमालो गर्दै अघि बढौँ

अर्थ संसार

सोमबार, २७ चैत्र २०७९, १४ : ०५ मा प्रकाशित

लगानीकर्ता संघहरुले धितोपत्र बोर्डलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै भन्यो– पुँजीबजारको यस विषम परिस्थितिमा हातेमालो गर्दै अघि बढौँ

विगत लामो समयदेखि घटिरहेको पुँजीबजारका कारण आम लगानीकर्ताहरूमा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असर प्रति लगानीकर्ताका संघ संगठनहरूले नेपाल धितोपत्र बोर्डलाई ध्यानाकर्षण गराएको छ । आज नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका को. अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघका सुदुरपार संयोजक कुमार थापाको संयुक्त हस्ताक्षर सहित नेपाल धितोपत्र बोर्डलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझएको हो ।

नेपालको पुँजीबजारको इतिहासमा सबैभन्दा बढि पुँजीकृत रकम रु. १५ खर्ब गुमाईसक्दा पनि सम्बन्धित निकायहरू मौन रहनाले ५५ लाख भन्दा बढि लगानीकर्ता मर्माहत भएको जारी विज्ञप्तिमा भनिएको छ। 

लगानीकर्ता संघले बजारको यस विषम परिस्थितिमा एक आपसमा हातेमालो गर्दै अगाडि बढ्न लगानीकर्ताहरूको निम्नलिखित मागहरू सम्बोधन गरिदिन हुन अनुरोध समेत गरेको छ ।

संध संगठनहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति यस्तो छ:

विगत लामो समयदेखि निरन्तर रुपमा घटिरहेको पुँजीबजारले आम लगानीकर्ताहरूमा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असर प्रति लगानीकर्ताका संघ संगठनहरूको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको पुँजीबजारको इतिहासमा सबैभन्दा बढि पुँजीकृत रकम रु। १५ खर्बको हाराहारी भन्दा बढि गुमाईसक्दा पनि सम्बन्धित निकायहरू मौन रहनाले ५५ लाख भन्दा बढि लगानीकर्ता मर्माहत भएका छौं ।

यस अवधिमा लगानीकर्ताको प्रमुख माग सम्बोधन गर्न नेपाल धितोपत्र बोर्ड र लगानीकर्ता संघको सहकार्यमा अगाडि बढाईको काम प्रति धितोपत्र बोर्ड र अध्यक्षज्यू सदैव धन्यवादको पात्र हुनुहुन्छ । बजारको यस विषम परिस्थितिमा एक आपसमा हातेमालो गर्दै अगाडि बढ्न लगानीकर्ताहरूको निम्नलिखित मागहरू सम्बोधन गरिदिन हुन अनुरोध गर्दछौं ।

१. केहि समय अगाडी नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरूको प्रमुख मागको रुपमा रहेको नयाँ स्टक, नयाँ ब्रोकर र कमोडिटी एक्सचेञ्ज थप्ने प्रक्रिया प्रारम्भ भएकोमा सम्मानित सर्वोच्च अदालतमा रिट परी रोकिएको अवस्थामा धितोपत्र बोर्डका अध्यक्ष श्री रमेश कुमार हमालज्यू र लगानीकर्ताहरूको संयुक्त प्रयासमा उक्त रिट नै खारेज भएको हुनाले नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेञ्ज लाईसेन्सको काम यथासिघ्र प्रकृयामा लगि पूरा गरियोस ।

२. लगानीकर्ताहरूको बढ्दो शेयर खरिद बिक्री लागतलाई न्यूनिकरण गर्न हाल रहेको महंगो ब्रोकर कमिसन तिर्दै आएकोमा बढिमा ०।१५५ प्रतिशतबाट नबढ्ने गरी कमिसन दर तत्काल पुनरावलोकन गरियोस ।

३. डि. पी. चार्ज रकम रु. २५र( कायम भईरहेको अवस्थामा उक्त रकम पुनरावलोकन गरी बढिमा रु. ५५ कायम गरियोस ।

४. दीर्घकालिन लगानीकर्ता र अल्पकालिन लगानीकर्ताको वर्गिकरण गरी दीर्घकालको लागि ३५ र अल्पकालको लागि ५५ पूँजीगत लाभकर कायम गरियोस् ।

५. दोश्रो बजारमा हुने अस्वाभाविक उतार चढावलाई न्यूनीकरण गर्न मार्केट मेकर, मार्केट डिलर, धितोपत्र व्यापारी तथा संख्यागत लगानीकर्ताहरूलाई छिटो भन्दा छिटो बजार प्रवेशको वातावरण श्रृजना गर्नु पर्ने ।

६. Option trading, Future market, Intraday market र Short sale को कारोबार गर्ने व्यवस्था तत्काल लागु गरियोस् ।

७. KYC डिजिटल सुरु गरी भौतिक KYC को अन्त्य गरियोस् ।

८. ब्रोकर कम्पनी मार्फत सुरु गर्ने भनिएको Margin Landing व्यवस्था अविलम्ब सुचारु गरियोस् ।

९. नेपाल राष्ट्र बैंकले ल्याएको शेयर कर्जाको सिमा १२ करोड लागु गरिएकोमा उक्त १२ करोडको नीतिलाई तत्काल खारेजी गर्न विशेष पहल गरियोस् ।

१०. नेपाल राष्ट्र बैंकले ल्याएको शेयर कर्जाको भारित औषत दर १००५ नै कायम गर्न विशेष पहल गरियोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको