Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से : ‘हामी कसैलाई सेयर किन्न वा बेच्न सल्लाह दिदैनौं’

अर्थ संसार

मंगलबार, ०३ भदौ २०८२, ०८ : ४७ मा प्रकाशित

नेप्से : ‘हामी कसैलाई सेयर किन्न वा बेच्न सल्लाह दिदैनौं’

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामाजिक सञ्जालमा आफ्नो नाममा फैलिरहेका भ्रामक सामग्रीप्रति सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ। पछिल्ला दिनमा सेयर बजारसम्बन्धी सल्लाह, स्टक टिप, नक्कली भिडियो–अडियो र प्रतिफलको ग्यारेन्टीजस्ता दाबीहरू देखिन थालेपछि नेप्सेले सार्वजनिक रूपमा स्पष्टोक्ति जारी गरेको हो।

नेप्सेले कुनै पनि धितोपत्र किन्न वा बेच्न सुझाव नदिने र कारोबार मूल्य निर्धारण गर्ने काम नगर्ने बताएको छ। त्यस्ता सामग्री नितान्त भ्रामक र अनधिकृत भएको स्पष्ट पारिएको छ। नेप्सेसम्बन्धी आधिकारिक जानकारी भने नेप्सेको वेबसाइट वा आधिकारिक सामाजिक सञ्जालमार्फत मात्रै सार्वजनिक हुने प्रष्ट गरिएको छ।

नेप्सेको नाम, लोगो वा भवनको तस्बिर प्रयोग गरेर एप, पेज वा समूह सञ्चालन गर्नु, मिल्दोजुल्दो नाम राखेर भ्रम फैलाउनु कानूनी रूपमा दण्डनीय अपराध भएको नेप्सेले उल्लेख गरेको छ। लगानीकर्ताले हल्ला, उक्साहट, अनधिकृत च्याट–ग्रुप, क्लबहाउस वा टेलिग्राममा आधारित भएर कारोबार नगर्नुपर्ने चेतावनी दिइएको छ।

नेप्सेले लगानीकर्तालाई आफ्नो व्यक्तिगत विवरण वा पासवर्ड कसैलाई पनि नदिन आग्रह गरेको छ। साथै शंकास्पद सामग्री देखिएमा सम्बन्धित स्क्रिनसट वा लिंकसहित नेप्सेलाई [email protected] मा जानकारी दिन अनुरोध गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको