Like us!
Follow us!
Connect us!
Watch us!

जनताको सर्वोच्चता कायम राख्ने संसद विघटन गर्न पाइँदैन - सोबिता गौतम

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, ०० : १० मा प्रकाशित

जनताको सर्वोच्चता कायम राख्ने संसद विघटन गर्न पाइँदैन - सोबिता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद् जनताको सर्वोच्चताको प्रतीक भएकाले यसको विघटन गर्न नपाइने बताएकी छन्।

बिहीबार भिडियो सन्देश जारी गर्दै उनले संसद् विघटनको प्रयास सह्य नहुने बताएकी हुन। साथै, उनले जेनजीसहितको सहभागितामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने सुझावसमेत दिएकी छन्। उनले भनेकी छन् , ‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता सङ्कटमा पर्नु हो।’ 

जेनजीहरूलाई देखाएर कसैले पनि आफ्नो स्वार्थ प्रेरित निर्णय गर्न नपाइने धारणा राखिन्। उनले भनिन्, ‘कुनै पनि स्वार्थ प्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर, संसद्लाई कायम चाहिँ राख्नुपर्छ,अन्तरिम सरकारले चुनाव घोषणा गर्यो भने अहिले जेनजीहरू जसरी सक्रिय हुनुभएको छ, चुनावबाट तपाईँहरूले चाहेको मान्छे ल्याउन सकिन्छ । कुनै पनि स्वार्थ प्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर, संसद्लाई कायम चाहिँ राख्नुपर्छ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको