Like us!
Follow us!
Connect us!
Watch us!

सुशीला कार्की र दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगियो

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, १० : ४७ मा प्रकाशित

सुशीला कार्की र दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगियो

देशमा अन्तरिम सरकार गठनको सम्भावनाबारे छलफल तीव्र भइरहेको बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगिएको छ।

स्रोतका अनुसार, नेपाली सेनाको पहलमा दुवै व्यक्तिलाई सैनिक मुख्यालय जङ्गीअड्डा पु¥याइएको हो। हाल देखिएको राजनीतिक संकट समाधान र नयाँ सरकार गठनका विकल्पबारे छलफल गर्न उनीहरूलाई बोलाइएको जनाइएको छ।

यसअघि जेन– जी आन्दोलनको प्रतिनिधित्व गर्ने नेताको खोजीमा सुशीला कार्कीको नाम अगाडि आएको थियो भने दुर्गा प्रसाईंले पनि पछिल्लो दिनमा विभिन्न सन्देशमार्फत आन्दोलन र राजनीतिक निकासबारे आफ्ना विचार सार्वजनिक गर्दै आएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको