नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संसद् चलिरहेकै बेला सरकारले कर दरमा हेरफेर गरेकोप्रति कडा आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने, अहिले संसद् चलिरहेको छ, भर्खरै आर्थिक विधेयक पास भएको छ। एक महिना नबित्दै पहिलो चौमासिकमा सरकारले करको दरमा फेरबदल गरेको छ। हाम्रो दलको यस कदमप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’
पुनले संसद् सञ्चालन भइरहेकै बेला करको दरमा गरिएको हेरफेरलाई ‘आर्थिक अपराध’ भन्दै आलोचना गरे। साथै, उनले अर्थमन्त्री विष्णु पौडेललाई सो निर्णयको जवाफ दिन माग गरे। पुनले भने,'अर्थमन्त्रीले आफ्नो अयोग्यता स्वीकार गर्नुपर्छ,नत्र यस निर्णयमा गम्भीर स्वार्थ संलग्न रहेको आशंका पुष्टि हुन्छ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस