बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाविरुद्ध विभिन्न व्यक्ति, संस्था तथा समूहबाट भइरहेको गैरकानूनी गतिविधिप्रति ध्यानाकर्षण भएको जानकारी दिएको छ । सिबिफिनको बैठकले कुनै पनि व्यक्ति, समूह वा संघ–संस्थाको आवरणमा बैंक वित्तीय संस्थाविरुद्धका गैरकानूनी कार्यमा कानूनी उपचार खोज्ने बताएको हो ।
सिबिफिनले पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, संस्थाको शाख, गरिमा, विश्वसनीयता वा सम्पत्तिमा हानिरनोक्सानी पुर्याउने काम भएको बताएको छ । बैंकिङ व्यवसायमा अवरोध सृजना गर्ने, संस्थाका सम्बन्धमा भ्रम सृजना गर्ने, कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने लगायत गैरकानूनी क्रियाकलाप गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाका विरुद्ध कानूनी उपचार खोजिने सिबिफिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाको हकहित संरक्षणका लागि प्रचलित कानूनले दिएको जुनसुकै अधिकार प्रयोग गर्ने सिबिफिनको भनाइ छ । जस्तोसुकै कठोर कदम चाल्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र यसमा आवद्ध सबै बैंक वित्तीय संस्था पूर्ण रूपमा एकताबद्ध, प्रतिबद्ध र दृढ संकल्पित रहेको बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस