Like us!
Follow us!
Connect us!
Watch us!

थ्रीस्टार हाइड्रोपावरको आईपीओ : स्थानीयलाई आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, ०९ : ५६ मा प्रकाशित

थ्रीस्टार हाइड्रोपावरको आईपीओ : स्थानीयलाई आज अन्तिम मौका

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले वैशाख ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले कम्पनीको आईपीओमा आज जेठ ९ गतेसम्म मात्र आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई यस अघि नै आईपीओमा  (बैशाख २५ गते) बन्द भइसकेको छ। 

कम्पनीले आफ्नो जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।  खोटाङ जिल्लाको प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस) र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ (साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

 तेस्तै नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि  १० प्रतिशतले हुन आउने ७३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका ७३ हजार ८७५ कित्ता साधारण सेयर पनि खुला गरेको थियो। 

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता
अधिकतम -४ लाख ९२ हजार ५०० कित्ता (आयोजना प्रभावित क्षेत्रका बासिन्दा) र ७३ हजार ८७५ कित्ता ( वैदेशिक रोजगार(बन्द))

कहिलेसम्म दिने आवेदन ?

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छिटोमा वैशाख २५ गते हुनेछ भने ढिलोमा जेठ ९ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने वैशाख २५ गते आवेदन बन्द भएको /

कहाँबाट दिने आवेदन ?

स्थानिय बासिन्दाले आयोजना स्थल, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

रेटिङ्ग 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

प्रोजेक्ट र लागत 

एक कम्पनीको परियोजना ६.६ मेगावाटको साप्सुप खोला जलविद्युत आयोजना रहेको छ।  यस परियोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ।  तेस्तै प्रति मेगावाट कुल अनुमानित लागत २१ करोड ६ लाख रुपैयाँ रहेने छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको