Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरुको सिडी रेसियो एक वर्षदेखि लगातार घट्दो क्रममा

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, १३ : ३७ मा प्रकाशित

वाणिज्य बैंकहरुको सिडी रेसियो एक वर्षदेखि लगातार घट्दो क्रममा

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नसक्दा विगत एक वर्षदेखि सिडी रेसियो निरन्तर घटिरहेको तथ्यांकले देखाएको छ । पछिल्लो समय सिडी रेसियो ८४.७४ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैशाख मसान्तसम्मा वाणिज्य बैंकहरुको सिडी रेसियो भने ८४.८८ प्रतिशत रहेको नेपाल बैंकर्स संघले जारी गरेको तथ्याङ्कले देखाएको हो ।

गएको साउन महिनामा सिडी रेसियो ८८.०७ प्रतिशत थियो । साउनपछि कर्जा प्रवाह गर्न नसक्दा हरेक महिना सिडी रेसियो घट्दो क्रममा रहेको तथ्ंयाक छ । १० महिनाको अवधिमा सिडी रेसियो ३ दशमलब १९ प्रतिशत विन्दुले घटेको हो।

माघ महिनामा बैंकहरु कर्जा प्रवाहमा अलिकति आक्रामक हुन खोजे पनि कमजोर आर्थिक अवस्थाका कारण फागुन महिनामा बढ्नुको सट्टा घट्यो । निक्षेपमा भने क्रमिक सुधार आइरहेको देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको