Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपाल लघुवित्तले एफपीओ निष्कासन गर्दै

अर्थ संसार

बुधबार, १० जेठ २०८०, ११ : ३० मा प्रकाशित

युनिक नेपाल लघुवित्तले एफपीओ निष्कासन गर्दै

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भोलि (बिहिबार) देखि ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्ने लागेको हो ।

कम्पनीले १०० अंकित मूल्यमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

यसमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा सबै सेयर बिक्री नभएको कारण जेठ २५ गतेसम्म आवेदन दिने सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको