Like us!
Follow us!
Connect us!
Watch us!

एशियन हाइड्राेले डाक्याे एजीएम, लगानीकर्ताकाे हात खाली

अर्थ संसार

विहीबार, ११ जेठ २०८०, ११ : २७ मा प्रकाशित

एशियन हाइड्राेले डाक्याे एजीएम, लगानीकर्ताकाे हात खाली

एशियन हाइड्राेपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैथाे वार्षिक साधारण सभा जेठ ३२ गते, बिहीबार, द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाइ कुनै प्रकारकाे लाभांश प्रस्ताव गरेकाे छैन । कम्पनीले साधारण सभा प्रयाेजनका लागि जेठ १९ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले जेठ १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन सक्नेछन् ।

वार्षिक साधारण सभाको छलफलका विषयहरु:

क) सामान्य प्रस्ताव:

१) आ.व. २०७८ / ०७९ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

२) आ.व. २०७८ / ०७९ को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरणहरु उपर छलफल गरि सोलाई पारित गर्ने ।

३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७९ / ०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

ख) विशेष प्रस्ताव:

१) कम्पनीको हाल कायम रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरी नयाँ ठेगाना कायम गर्न प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा ।

२) कम्पनीको नियमावलीमा संशोधन गर्ने सम्बन्धी थप विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा ।

२.१ कम्पनीको नियमावलीको नियम १७ मा आवश्यक संशोधन गर्ने । २.२ कम्पनीको नियमावलीको नियम २७ (२) मा आवश्यक संशोधन गर्ने ।

२.३ कम्पनीको नियमावलीको नियम ३१ मा आवश्यक संशोधन गर्ने ।

२.४ माथि विशेष प्रस्ताव (१) को प्रस्तावित संशोधनमा नियमाकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जनका लागि निर्देशन वा सुझाव आएमा सोही बमोजिम गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

ग) कम्पनीको संशोधित नियमावली बमोजिम "ख" समूहका सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने १ (एक) जना संचालकको निर्वाचन गर्ने सम्बन्धमा ।

घ) विविध ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको