अर्थ संसार
ट्रम्पको काठमाडौं–अमेरिकाको नयाँ राष्ट्रपति निर्वाचित भएपछि यति खेर डोनाल्ड ट्रम्प चर्चामा छन् । कसैले नपत्याएका ट्रम्प चुनाव जितेकाले मात्र चर्चामा आएका होइनन् ।
उनको कट्टरताबादी सोच, मुखमा आएजति बोल्ने शैली, महिला, मुस्लिमलगायतका समुदायमाथिको अनुदार दृष्टिकोणले उनी चर्चामा आइरहन्छन् । त्यसमाथि उनको सम्पत्तिको थप चर्चा हुने गर्छ । उनी स्वयं आफू वास्तमै धनी भएको बताउँछन् ।
ट्रंप अमेरिकाका ठूला ब्यापारीमा पर्छन् । उनी बेलाबेलामा त्यही धनका कारण पनि बिबादमा पर्दै आएका छन् । फोब्र्सका अनुसार ट्रंपको संपत्ति २४ हजार करोड़ डलरकै वरपर छ । यस अंकलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा उनको सम्पत्ति २५४ खर्ब हुन आउँछ ।
तपाईंलाई थाहा छ ? अहिले डोनाल्ड ट्रंपका बारे जानकारी हासिल गर्न गुगल गर्ने नेटिजनहरु धेरै भएका छन् । ट्रम्प आफ्नै विमानमा यात्रा गर्छन् । ट्रंपका जहाजको भित्री भाग २४ क्यारेटको सुनले बनेको छ । ट्रम्प ७५७ नाम दिइएको जहाजको भित्री भाग तपाईंलाई हामी भिडियोमा देखाउँदै छौं ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस