Like us!
Follow us!
Connect us!
Watch us!

दुई महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १८ : २२ मा प्रकाशित

दुई महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न

दुई महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । इमर्जन म्यान्डरिन एकेडेमी (आइ एम ए), इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी र नेपाल पर्यटक प्रहरी बीचको सहकार्यमा सञ्चालित पहिलो चरणको दुई महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम बुधबार बिहान पर्यटन बोडमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले भाषा प्रशिक्षणमा सहभागि पर्यटक प्रहरीहरु लक्ष्मण राउत, कुमार बहादुर खड्का, सुनिता नेपाल, शुभराज महतारा र सुनिल श्रेष्ठलाई प्रमाणपत्र गरेका थिए । 

कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, चिनियाँ राजदूतवासका काउन्सिलर वाङ्छिन, नेपाल पर्यटन बोडका महानिर्देशक होम प्रसाद लुइँटेल, पर्यटक प्रहरीका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठ र इमर्जन म्याडरिनका सञ्चालिका प्रमिला तामाङ लगायतको उपस्थिति थियो । त्यसै गरि इष्ट चाईन युनिभर्सिीटी अफ टेक्नोलोजीका सह उपकुलपति भने भर्चुअल माध्यमबाट जोडिएका थिए । 

कर्यक्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुरेश अधिकारीले भाषा प्रशिक्षण कार्यक्रमको प्रशंसा गर्दै, यसले पर्यटक प्रहरीलाई चिनियाँ पर्यटक सँग सञ्चार गर्न र उनीहरूको समस्या तत्काल समाधान गर्न सहज हुने विश्वास व्यक्त गरे । 

करिब दुई महिना सम्म संचालन भएको पर्यटक प्रहरी भाषा प्रशिक्षण कक्षका लागि इमर्जन म्याण्डरिन एकेडेमीले छुट्टै पाठ्यक्रम बनाएर अध्यापन गराएको कुरा एकेडेमीका सञ्चालिका प्रमिला तामाङले जानकारी गराए । साथै यस भाषा कक्षले चिनियाँ पर्यटकहरुलाई पर्ने समस्यालाई समाधान गर्न अब भाषा समस्या नहुने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको