Like us!
Follow us!
Connect us!
Watch us!

थामिएन सेयर बजारको गिरावट, ३ अर्ब माथिको कारोबार

अर्थ संसार

विहीबार, ३१ बैशाख २०८३, १५ : ०६ मा प्रकाशित

थामिएन सेयर बजारको गिरावट, ३ अर्ब माथिको कारोबार

सेयर बजार घट्ने क्रम आज पनि जारी रहेको छ । अघिल्लो दिन पनि घटेर कारोबार भएको बजार आज पनि दोहोरो अंकले घटेर बन्द भएको हो । 

आज सेयर बजार परिसूचक १०.०७ अंकले घटेर २७३०.१७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८० कम्पनीको सेयर मूल्य आज बढेको छ । आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.३४ अंकले बढेर ४६७.२० विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० वटा उपसूचकको सेयर मूल्य घटेको छ भने ३ वटाको मात्रै बढेको छ । परिसूचक दोहोरो अंकले घटेको दिन कारोबार भने केही बढेको छ । 

आज सेयर बजारमा ३३७ कम्पनीका ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर ४६ हजार ४०२ पटक खरिद बिक्री हुँदा ३ अर्ब २९ करोड २ लाख ४४ हजार ६१९ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको