वाणिज्य बैंकहरूले आगामी जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार, वैशाखको तुलनामा जेठ महिनामा निक्षेपको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको हो ।
वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर वैशाखको ४.४ प्रतिशतविन्दुबाट घटेर जेठमा ४.३४३ प्रतिशत कायम भएको छ । त्यस्तै संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत दर पनि ३.२२९५ प्रतिशतबाट झरेर ३.२०४ प्रतिशत पुगेको छ । जेठ महिनाका लागि एनआईसी एशिया बैंक, हिमालयन बैंक र नेपाल बैंकले व्यक्तिगततर्फको ब्याजदरमा ०.२५ प्रतिशत कटौती गरेका छन् । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले पनि ब्याजदर घटाएका छन् ।
सिद्धार्थ बैंकले भने व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतबाट बढाएर ४.०५ प्रतिशत पुरÞ्याएको छ । सिटिजन्स बैंक इन्टरनेशनलले संस्थागत मुद्दति निक्षेपको अधिकतम दरमा ०.५ प्रतिशत को वृद्धि गरेको छ ।
१२ बैंकहरूले वैशाखकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन् । यसैगरी ब्याजदर स्थिर राख्नेमा नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, एसबीआई, एभेष्ट, प्राइम कमर्सियल, ग्लोबल आइएमई, माछापुच्छ्रे, प्रभु, कृषि विकास, सानीमा र राष्ट्रिय वाणिज्य बैंक छन्। जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा नबिलले ४.५५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ४.५० प्रतिशत, एसबीआई ४.२५ प्रतिशत, एभेष्टले ४.०५ प्रतिशत, प्राइम कमर्सियलले ४.१५ प्रतिशत, ग्लोबल आइएमईले ४.५० प्रतिशत, माछापुच्छ्रले ४.५० प्रतिशत, प्रभुले ४.५५ प्रतिशत, कृषि विकासले ४.१५ प्रतिशत, सानिमा बैंकको ४.१५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत ब्याज दिने भएका छन्। वैशाखमा यी बैंकले यति नै ब्याज दिएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस