Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर लिग उपाधि होड खुला, शीर्ष स्थानको आर्सनल म्यानचेस्टर सिटीसँग पराजित

अर्थ संसार

सोमबार, ०७ बैशाख २०८३, ०८ : १७ मा प्रकाशित

प्रिमियर लिग उपाधि होड खुला, शीर्ष स्थानको आर्सनल म्यानचेस्टर सिटीसँग पराजित

एर्लिङ हालान्ड नायक बनेपछि म्यानचेस्टर सिटीले प्रिमियर लिग उपाधि दौडमा ठूलो जित हात पारेको छ । एतिहाद स्टेडियममा भएको खेलमा सिटीले आज शीर्ष स्थानको आर्सनललाई २–१ ले पराजित ग¥यो ।

तनावपूर्ण खेलको ६५औँ मिनेटमा हालान्डले गाब्रियललाई उछिन्दै बललाई गोलमा परिणत गरे।  त्यही गोल खेलको निर्णायक बन्यो । योसँगै उनले लिगमा दुई महिनादेखिको गोल खडेरी अन्त्य गरे । यसअघि खेलमा सिटीका गोलकिपर जियानलुइजी डोनारुम्माको ठूलो गल्तीले आर्सनललाई खेलमा फर्किने मौका दिएको जस्तो देखिएको थियो। रायन चर्कीको १६औँ मिनेटको गोलपछि सिटीले अग्रता लियो । लगत्तै २ मिनेटपछि डोनारुम्माको खराब क्लियरन्सको फाइदा उठाउँदै काई हाभट्र्जले बराबरी गोल फर्काए ।

आर्सनलका इबेरेची एजे र गाब्रियल दुवैले पोस्टमा प्रहार गरे, जसले उनीहरूको बराबरी गर्ने अवसर नजिक पु¥याएको थियो। तर इन्जुरी समयको अन्त्यतिर हाभट्र्जको हेडर क्रसबार माथिबाट बाहिरिएपछि आर्सेनलले अंक गुमायो। यो जितसँगै म्यानचेस्टर सिटी शीर्ष स्थानभन्दा ३ अंकले पछि छ। सिटीले बुधबार बर्नलीसँग खेल्नेछन्, जहाँ जित हासिल गरे सिटीले आर्सनललाई उछिन्दै शीर्ष स्थानमा पुग्नेछ। अर्को खेलमा लिभरपुलले एभर्टनलाई २–१ ले हरायो। एस्टन भिल्लाले सन्डरल्यान्डलाई ४–३, नटिङघम फरेस्टले बर्नलीलाई ४–१ ले हराएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको