Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको नाफा २० प्रतिशतले बृद्धि, सबै सूचक निकै सकारात्मक

शनिबार, ०४ मंसिर २०७३, ०८ : ४१ मा प्रकाशित

जनता बैंकको नाफा २० प्रतिशतले बृद्धि, सबै सूचक निकै सकारात्मक

अर्थ संसार
काठमाडौ–जनता बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा नाफा २० प्रतिशतले बढाएको छ । 
बैंकले यस अबधिमा ६ करोड नाफा गरेको छ । जनताले अघिल्लो आर्थिक बर्षको यसै अबधिमा ५ करोड नाफा गरेको थियो । बैंकले सञ्चालन नाफा भने ४ गुणाले बढाएको छ । यसअघिको आर्थिक बर्षको पहिलो तीन महिनामा बैंकको संचालन ३ करोडले घाटामा थियो भने यस बर्ष ९ करोड नाफामा गएको छ । बैंकले यस अबधिमा निक्षेक र कर्जा दुवै ११ प्रतिशतले बढाएको छ । बैंकको निस्कृय कर्जा १.१८ बाट शून्य दशमलव ९८ मा झरेको छ । बैंकको प्रति शेयर आम्दानी १२.४२ रुपैयाँ छ । बैंकका अन्य सूचकहरु निकै सकारात्मक देखिएका छन् । बैंकले २ बराबर १ कित्ताका दरले हकप्रद सेयर जारी गरेको छ । हकप्रद पछि बैंकको चुक्तापूँजी ३ अर्ब ९ करोड पुग्ने छ । बैंकले त्रिबेणी बिकास बैंकसँग मर्जमा जाने प्रक्रिया सुरु गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको