Like us!
Follow us!
Connect us!
Watch us!

आगामी दिनमा तरलताको समस्या हुने बैंकर्स संघको भनाई, स्थानीय तहको निक्षेप गणना गर्न दिन माग

अर्थ संसार

मंगलबार, १२ भदौ २०८०, १६ : ३६ मा प्रकाशित

आगामी दिनमा तरलताको समस्या हुने बैंकर्स संघको भनाई, स्थानीय तहको निक्षेप गणना गर्न दिन माग

बैंकहरूले स्थानीय तहको निक्षेप गणना गर्न दिन माग गरेका छन् । आज संघले आयोजना गरेको पत्रकार सम्मेलनको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले स्थानीय तहको निक्षेप गणना गर्न दिन माग गरिएकाे जानकारी दिएका हुन् ।

केही समय स्थानीय तहको निक्षेप गणना गर्न दिनुपर्ने उनकाे माग छ । कर्जा लगानी बढ्न नसक्दा खराब कर्जा बढ्ने सम्भावना रहेकाे र नयाँ परियोजनाका लागि पनि माग नरहेकाे भन्दै ब्याजदर घटाउने सन्देश दिन पनि केही समय स्थानीय तहको निक्षेप गणना गर्न दिनुपर्ने उनले बताए ।

आगामी दिनमा तरलताको समस्या हुने बैंकर्स संघको भनाई छ ।  बाहिर भनिएको जस्तो तरलता सहज अवस्थामा नभएको अध्यक्ष केसीले बताएका छन् । पहिला पनि सरकारले लिक्विडीटीलाई सपाेर्ट गर्ने हिसाबले स्थानीय तहको निक्षेप गणना गर्न दिने व्यवस्था मार्केटमा लेराइएकाे बताउँदै उनले अहिले पहिलाकाे जस्ताे ८० प्रतिशत नभएपनि कमसेकम ग्राडुअल्ली घटाउँदै जान माग गरिएकाे बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको