Like us!
Follow us!
Connect us!
Watch us!

यती डेभलपमेन्ट बैंकले लघुकर्जाको बीमा गर्ने, नेशनल लाईफसँग सम्झौता

आइतबार, ०५ मंसिर २०७३, १३ : १४ मा प्रकाशित

यती डेभलपमेन्ट बैंकले लघुकर्जाको बीमा गर्ने, नेशनल लाईफसँग सम्झौता

अर्थ संसार
काठामाडों–यती डेभलपमेण्ट बैंकले बैंकबाट लघु बित्त कर्जा उपभोग गर्ने आफ्ना ऋणीहरुलाई ‘लघु अमृत जीवन बीमा’ गरी दिने भएको छ । नेशनल लाईफ इन्स्योरेसँग मिलेर बीमा गर्न लागेको हो । बैंक र इन्स्योरेन्स कम्पनीबीच यससम्बन्धी सम्झौता भएको छ । 

योजनाअन्तर्गत ऋणीहरुलाई ५ हजारदेखि ७ लाख रुपैयाँसम्मको जोखिम बहन गर्न बिमा सेवा उपलब्ध गराईने बैंकले जनाएको छ । कथंकदाचित ऋणीको मृत्यु भए पुरा बिमाङ्क रकम ऋणीको हकवालाले प्राप्त गर्ने छन् । 

साथै मृतकको दाह संस्कारबापत बीमाङ्क रकमको १० प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ, उक्त रकम बिमीतलाई भुक्तानी गरिने छ । दुर्घटनाको कारण स्थायी रुपमा पुर्ण अपाङ्गता भएमा अवस्था हेरी ५० प्रतिशतदेखि शत्प्रतिशतसम्म क्षतीपुर्ति रकम बिमीतलाई भुक्तान गरिने बैंकले जनाएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको