Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मीको लाभांश निराशाजनक, प्रस्ताव गर्यो १० प्रतिशत नगद

आइतबार, ०५ मंसिर २०७३, १३ : ३९ मा प्रकाशित

लक्ष्मीको लाभांश निराशाजनक, प्रस्ताव गर्यो १० प्रतिशत नगद

अर्थ संसार

काठमाडौं–लक्ष्मी लघुवित्तले १० प्रतिशन नगद मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसै आर्थिक बर्ष ३ हजार रुपैयाँभन्दा माथि सेयर मूल्य पुगेको लक्ष्मीले लाभांशमा सेयरधनीलाई निरास बनाएको छ ।

कम्पनीले भर्खरै १ बराबर १ हकप्रद सेयर जारी गरेको थियो । लक्ष्मीले हकप्रद भर्नेहरुलाई समेत उक्त लाभांश दिने जनाएको छ । हकप्रदअघि लक्ष्मी लघवित्तको चुक्ता पूँजी ११ करोड रुपैयाँ थियो । अहिले कम्पनीको चुक्ता पूँजी २२ करोड पुगेको छ । कम्पनीको जगेडा कोषमा ९ करोड ५७ लाख रुपैंया छ ।

यस्तो सक्षम कम्पनीको लाभांश निकै निराशाजनक हो । लक्ष्मीले उच्च दरमा बोनस सेयर समेत दिने अपेक्षामा लगानीकर्ताले उच्च मूल्य तिरेर सेयर किनेका थिए । लघुवित्तको थोरै परिणाममा सेयर पाएका लगानीकर्तालाई १० प्रतिशत नगद लिन जानसमेत झन्झटिलो हुने छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको