Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोच्चमा ६ न्यायाधीश सिफारिस

अर्थ संसार

मंगलबार, ०५ मंसिर २०८०, १६ : ५० मा प्रकाशित

सर्वोच्चमा ६ न्यायाधीश सिफारिस

सर्वोच्च अदालतको रिक्त ७ न्यायाधीश पदमध्ये ६ न्यायाधीश सिफारिस भएका छन् ।

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीश र दुई कानुन व्यवसायी गरी ६ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुने उच्च अदालतका न्यायाधीशमा महेश शर्मा पौडेल, शारङ्गा सुवेदी, टेकप्रसाद ढुङ्गाना र अब्दुल अजिज मुसलमान रहेका छन् । यसैगरी कानुन व्यवसायीतर्फ सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस भएको छ ।

सिफारिस भएका न्यायाधीशहरुको अब संसदीय सुनुवाई हुनेछ । संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि सिफारिस भएका न्यायाधीशहरु नियुक्त हुनेछन् । सर्वोच्च अदालतमा हुनुपर्ने २१ मध्ये १४ न्यायाधीश मात्र रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको