Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको ओरालो यात्रामा ब्रेक, १६ अंकको सुधार

अर्थ संसार

सोमबार, १७ असार २०८१, १५ : १८ मा प्रकाशित

नेप्सेको ओरालो यात्रामा ब्रेक, १६ अंकको सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२९ अकंले बढेर २०५३.३८ बिन्दुमा बन्द भएको छ । सोमबार ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

बजार बड्दा आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ८५लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको ९ करोड ७६ लाख रुपैयााको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन उर्जा विकासका लगानीकर्ताले कमाएका छन् । 

आज यस कम्पनीक लगानीकर्ताले ९.७४ प्रतिशतका दरले कमाएका छन् । दोर्दी खोला जलविद्युतका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.५२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको