Like us!
Follow us!
Connect us!
Watch us!

करिब ६० अंकले बजार बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, १५ : १९ मा प्रकाशित

करिब ६० अंकले बजार बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

मौद्रिक नितिको हल्लाको कारण आज सेयर बजारमा रौनकता छाएको छ। सो कारण आज नेप्से इन्डेक्स र कारोबार दुबैमा उछाल आएको छ ।

 धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार करिब ६० अंकले बढेको छ। नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ को विन्दुमा बन्द भएको छ।

यो दिन १४३ कम्पनीको सेयरमूल्य बढ्दा ९५ कम्पनीको घटेको छ। ५ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

बजारमा आज साढे १५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। 

 

आज उच्च कारोबार भएका १० कम्पनी

नेपाल फाइनान्सः ४२ करोड ४६ लाख रुपैयाँ

अपर तामाकोशीः ३८ करोड ९१ लाख रुपैयाँ

ङादी ग्रुप पावरः ३० करोड ३२ लाख रुपैयाँ

शाइन रेसुंगा डेभलपमेन्ट बैंकः २७ करोड ९१ लाख रुपैयाँ

कुमारी बैंकः २३ करोड ९२ लाख रुपैयाँ

सीईडीबी हाइड्रोपावरः २१ करोड ८४ लाख रुपैयाँ

हिमालयन रिइन्स्योरेन्सः २० करोड १ लाख रुपैयाँ

प्रभु बैंकः १९ करोड ६४ लाख रुपैयाँ

माउन्टेन इनर्जीः १८ करोड ३८ लाख रुपैयाँ

अपी पावरः १७ करोड ९७ लाख रुपैयाँ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको