Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सार्वजनिक गरिने मौद्रिक नीति आउँला त पुँजी बजारको पक्षमा ?

अर्थ संसार

विहीबार, १० साउन २०८१, ११ : ५९ मा प्रकाशित

शुक्रबार सार्वजनिक गरिने मौद्रिक नीति आउँला त पुँजी बजारको पक्षमा  ?

देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ । मौद्रिक नीति भोलि शुक्रबार सार्वजनिक गर्नेगरी तयारी थालिएको छ । यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी नेपाल राष्ट्र बैंकले तयारी थालेको जनाएको छ ।

मौद्रिक नीतिका लागि अन्य तयारी सकिएको तर शुक्रबार बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले बाँकी प्रक्रिया पूरा गर्ने जनाइएको छ ।
प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई प्राथमिकतामा राखेर पूर्व अर्थमन्त्री तथा गभर्नर डा युवराज खतिवडालाई प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेसँगै मौद्रिक निति एक साता पछि धकेलिएको हो । राष्ट्र बैंकले पनी मौद्रिक निति धकोलिनुमा सरकार परिर्वन नै कारण रहेको देखाएको छ ।

मौद्रिक नीति सार्वजनीक हुने हल्लाका बीच गभर्नर अधिकारीले कस्तो मौद्रिक निति ल्याउलान भन्ने चर्चा पनी उत्तिकै चलिरहेको छ  । गभर्नर अधिकारीले भने यसअघि विभिन्न सार्वजनिक कार्यक्रममै आगामी मौद्रिक नीति केही हदसम्मको लचिलो ल्याउने संकेत गरिरहेका थिए त कहिले लचिलो मौद्रिक नीति सार्वजनिक गर्दैछ भनेर हल्ला भइरहेको बताउँदै त्यस्तो भविष्यवाणी नगर्न आग्रह समेत गरेका थिए ।  गभर्नरको अभिव्यक्तिका कारण पनी कस्तो मौद्रिक निति आउला त भन्ने प्रश्न सबैको मनमा छ  । 

गभर्नरको अभिव्यक्ति जे जस्तो आएपनि पुँजी बजारमा भने राम्रै बहस सिर्जना भइरहेको छ । मौद्रिक नीतिको प्रतीक्षामा मात्र बसेका लगानीकर्ताहरूले राष्ट्र बैंकलाई पुँजी बजारको मागका विषयमा आधिकारिक रूपमै जानकारी पनि गराइसकेका छन् । बाँकी पुँजी बजारको मागमा राष्ट्र बैंकको ध्यान जान्छ कि जाँदैन भन्ने मात्र हो ।

२०७६ चैत २४ गते गभर्नरमा नियुक्त भएका अधिकारी आगामी चैतमा पाँच वर्षे कार्यकाल सक्काएर बाहिरिँदै छन् । जसले गर्दा अन्तिम कार्यकालको मौद्रिक नितिमा उनले कस्तो छाप छाड्लान् भन्ने विषयले विशेष महत्त्व पनि राख्छ । ६० लाखभन्दा बढी लगानीकर्ता रहेका पुँजी बजारका लागि उनले कस्तो नीति लेलान् भन्ने चासो र चर्चाको विषय पनि बनेको छ ।

मौद्रिक नीतिलाई लिएर लगानीकर्ताहरू उत्साहित, सकारात्मक हुनुका साथै आशावादी पनी छन् । 
\पुँजी बजार र लगानीकर्ताको मनस्थितिमा मौद्रिक नीतिले आशाको किरण छर्न सक्ला त ? त्यसको लागि भने मौद्रिक नीतिकै प्रतीक्षा गर्नुपर्ने हुन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको