Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तले साउन ३२ गते बोलायो साधारण सभा

अर्थ संसार

विहीबार, १० साउन २०८१, १४ : २५ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तले साउन ३२ गते बोलायो साधारण सभा

भर्खरै एफपीओ निष्कासन गरेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३२ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । साउन १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ललितपुर स्थित लुभु पार्टी प्यालेसमा दिउँसो १२ बजेर ३० मिनेटमा सभा सुरु गर्ने निर्णय गरेको हो । 

सभाले अघिल्लो आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै गत आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । एफपीओ निष्कासनमार्फत थप भएको शेयर सहित कायम चुक्तापूँजी ९१ करोड ५४ लाख ५५ हजार रूपैयाँको आधारमा १४.००५१४३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । 

सभाले भविश्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्न आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने पनि गर्नेछ । सर्वसाधारणतर्फको शेयर स्वामित्व ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेको कम्पनीले सोही बमोजिमको पूँजी संरचना कायम हुने गरी प्रबन्धपत्र संशोधनको प्रस्ताव सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २४ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा साउन २३ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र बोनस शेयर प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको