Like us!
Follow us!
Connect us!
Watch us!

अडलट कारोबारः एक बर्षमा २९२ प्रतिशतले वृद्धि

अर्थ संसार

विहीबार, १० साउन २०८१, १५ : ०९ मा प्रकाशित

अडलट कारोबारः एक बर्षमा २९२ प्रतिशतले वृद्धि

धितोपत्र बजारमा हुने अडलट कारोबार पछिल्लो समय बढ्दो क्रममा रहेको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार   गत आर्थिक वर्ष २०८०/८१ मा धितोपत्रको दोस्रो बजारमा १० अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको अडलट कारोबार भएको छ ।

नेप्सेका अनुसार यो अडलट कारोबार अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा २९२.५९ प्रतिशतले बढेको हो । तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यमा २ अर्ब ७७ करोड रुपैयाँ बराबरको अडलट कारोबार भएको थियो ।

कारोबार रकमसँगै कित्तामा पनि वृद्धि भएको छ ।अघिल्लो आर्थिक वर्षमा अडलटमा १ करोड ७६ लाख १२ हजार कित्ता कारोबार भएकोमा गत आव बढेर ४ करोड ४२ लाखभन्दा बढी कित्ता पुगेको छ ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा कारोबार हुने धितोपत्र सेयर वा सामूहिक लगानी प्रयोजनको इकाई अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता र अंकित मूल्य १०० रुपैयाँ भएमा १० कित्ता अडलट कारोबार इकाई हुने व्यवस्था छ ।

त्यस्तै धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य १० रुपैयाँ भएको भए १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ भएको भए १ कित्ता कारोबार इकाई हुने व्यवस्था पनि उक्त विनियमावलीमा गरिएको छ । यस व्यवस्थालाई आधार मान्दा मूल्यका हिसावमा धितोपत्रको अडलट कारोबार इकाई तय गरिएको छ । उल्लेखित कारोबार इकाई वा सोभन्दा बढी धितोपत्र भएका धितोपत्रधनीले त्यस्तो धितोपत्रलाई अडलट बनाई कारोबार गर्न नपाउने व्यवस्था छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको