अर्थ संसार
काठमाडौं–प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । कम्पनीले बोनसपछि ३० प्रतिशत हकप्रद सेयरसमेत दिने छ ।
इन्स्योरेन्सको बोर्ड बैठकले कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांसको समेत प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव बीमा समितिको स्वीकृति लिएपछि आगामी साधारणसभामा पेश गर्ने जनाएको छ । कम्पनीको चुक्तापूँजी ३५ करोड ६४ लाख रुपैयाँ छ । बोनस र हकप्रदपछि चुक्ता पूँजी ५५ करोड रुपैयाँभन्दा बढी हुने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस