Like us!
Follow us!
Connect us!
Watch us!

भारु नसाटिँदा मजदूरी गर्ने नेपालीहरु मर्कामा

मंगलबार, ०७ मंसिर २०७३, ११ : ३५ मा प्रकाशित

भारु नसाटिँदा मजदूरी गर्ने नेपालीहरु मर्कामा

अर्थ संसार 
जाजरकोट– झाप्रा २ सल्लीभीरका सन्तोष विक भारतवाट  धेरै पैसा कमाएर घर फर्कदा निकै खुसी थिए । गोजीभरि भारु ६१ ह्जार  वोकेका सन्तोषको भुइमा खुटटा थिएनन् ।

घरमा पुगेर श्रीमति वावा आमा र छोराछोरीलाइ ६ महिनाको कमाइ देखाउने ठुलो धोको थियो उनको । सन्तोष मात्र होइन उनी संगै  भारतमा कमाइ गर्न गएका झाप्रा ८ नल्फुका नवीन विकपनि घर फर्कदा निकै खुसी थिए । गोजी भरि २ लाख ५० हजार भारु वोकेका नवीनको  घर पुगेर साहुको क्रृण तिर्ने र गाउँमा नयाँ घर वनाउने थियो नवीन र सन्तोषको ।उनीहरुको त्यो सवै  रहर अधुरै रहयो जव उनीहरुले भारत सरकारले  भारु ५ सय र एकहजारको नोटमा प्रतिवन्ध लगायो ।

भारु नोटमाथिको प्रतिवन्धको खवर सुनेका  नवीन र  सन्तोष मात्र होइन  उनीहरुसंगैका ३५जना युवाहरु विचल्लीमा परेका छन्। गाउँमै  भारु सटाउने भनी घर फर्केका उनीहरु २५ सय भारु  ५ सयमा  साट्न खोज्दा पनि नसाटिएको वताउछन् ।  अव के गरौं वर्ष भरिको कमाइ  खेर जाने भयो सल्लीभीरका सन्तोषले भने । निकै विपन्न परिवारका सन्तोषले भारतवाट कमाइ गरि ल्याएको भारु नसाटिदा  निकै आपतमा परेको   वताए ।

कमाइ  गोजी भरीको भए पनि  काम केहि लागेन के गर्नु हजुर ? उनले भने । कमाइ गर्न जाँदा सापटी लिएको क्रृण समेत तिर्न पाइएन  नल्फुका नवीनले भने ।  आफुहरुसंगै रहेका अन्य ३५ जना युवाहरुले  १५ लाख वढी भारु कमाएर ल्याएको तर  नसाटिएपछि सवै समस्यामा परेको  नवीनले वताए । 

त्यस्तै नायकवाडा ८ घर्तीगाँउका वीरेन्द्रवहादुर महताराले पनि आफनो गाँउमा भर्खरै भारतवाट मज्दुरी गरेर फर्किएका  धेरै मज्दुरहरु भारु नसाटिदा समस्यामा परेको  वताए । भारु नसाटिएर  हैरान भएकाहरु सरकारले केहि व्यवस्था नगरे आफुहरुको वर्ष भरिको कमाइ  खेर जाने  वताउछन् ।

अहिले जिल्लामा भित्रिने अधिकांश भारु नोटहरु   भारतमा कमाइ गर्न गएका मज्दुरहरु मार्फत भित्रिएको  सरोकारवालाहरु वताउछन् ।  जिल्लाका व्यापारी र  अन्य व्यक्तिहरुसंग भएका  भारु नोट साट्न पनि  निकै समस्या भएपछि उनीहरु सस्तोमा   साटनकै लागि नेपालगन्जका साहुजीहरुसंग जानेगरेका आजैको नागरिक दैनिकमा समाचार छापिएको छ । 

आफुहरुसंग जम्मा भएका  भारु नोट नसाटिएर  घाटामा परेको  खलंगाको पुराना साझाका व्यापारी नन्दलाल ज्योतिले वताए । उनले  गाँउवाट सामान लिनेहरु सवै  भारु लिएर  आउछन् तर  यता साटिने सम्भाना नहुदा सामानै नपाएर जाने गरेको  वताए ।  अहिले जिल्लामा  ५० लाख वढी भारु नोट रहेको वताइएको छ ।

जिल्लामा रहेको भारु नोटको परिमाणका वारेमा  विभिन्न श्रोतवाट  तथ्यांक संकलनको काम भइरहेको  प्रमुख प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले वताए।  जिल्लामा भएको   भारुको नोटको परिमाण र जनताले पाएको दुःखका  वारेमा माथिल्लो निकायमा जानकारी गराउने काम भइरहेको  उनले  वताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको