Like us!
Follow us!
Connect us!
Watch us!

रामदेवले नेपालमा १ अर्ब ६० करोड लगानीमा उद्योग खोल्ने, १० हजारलाई रोजगारी दिने लक्ष्य

बुधबार, ०८ मंसिर २०७३, १० : ११ मा प्रकाशित

रामदेवले नेपालमा १ अर्ब ६० करोड लगानीमा उद्योग खोल्ने, १० हजारलाई रोजगारी दिने लक्ष्य

अर्थ संसार 

काठमाडौं–भारतीय योगगुरु रामदेवको पतञ्जलि आयुर्वेद लिमिटेडले १ अर्ब भारतीय रुपैयाँको लगानीमा कम्पनीको युनिट खोल्ने भएको छ । नेपालमा स्थापित युनिटको उद्घाटन गर्न मंगलबार नेपाल आएका रामदेवले नेपाल उद्योग वाणिज्य महासङ्घले उनको स्वागतमा आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।

 ‘यहाँ पतञ्जलिको १ हजार करोड रुपैयाँबाट शुरू गरेर १० हजार करोडसम्मको आर्थिक गतिविधि चलोस् भन्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘अबको ५र१० वर्षमा यहाँका १०र२० हजारलाई प्रत्यक्ष र एक–डेढ लाखलाई अप्रत्यक्ष रोजगारी दिन सकौं, ताकि यस देशबाट रोजगारका नाममा विदेशिने जनशक्ति रोकियोस् ।’

बाराको पर्सौनीमा पतञ्जलिले आप्mनो युनिट स्थापना गरिसकेको छ । बिहीवार उक्त युनिटको उद्घाटनको कार्यक्रम रहेको छ । सोही कार्यक्रमको सिलसिलामा रामदेव र आचार्य बालकृष्ण नेपाल आएका हुन् ।

अधिकांश नेपाली परिश्रमी र इमानदार भएको भन्दै उनले थप उत्पे्ररणा दिनसके हरेक नेपाली उद्यमी बन्न सक्ने बताए । पतञ्जलिले भारतबाहिर पहिलोपटक नेपालमा युनिट खडा गर्न लागेको हो । बन्द उद्योग खुल्नुपर्छ भन्ने ‘हठ’ आफूमा रहेको भन्दै उनले नेपालमा गरिने लगानीप्रति दृढता व्यक्त गरे ।

स्वस्थ, समृद्ध, राजनीतिक रूपमा स्थिर र आध्यात्मिक उन्नतियुक्त नेपाल आफूले चाहेको बताउँदै योगगुरु रामदेवले त्यसो हुन सके नेपाललाई दुनियाँकै नम्बर एक मुलुक बनाउन सकिने बताए । नेपालमा लगानी गरे पनि त्यसबाट प्राप्त मुनाफा भारतमा नलैजाने उनले घोषणा गरे । प्राकृतिक न्यायमा विश्वास रहेको भन्दै उनले जति आफू भारतको नागरिक हो उत्तिकै नेपालको समेत नागरिक भएको बताए । कुनै पनि देशलाई कमाइको मात्र स्रोत बनाउन नहुने र सम्बन्धित देशमा जनताका लागि पनि सोच्नुपर्ने उनको भनाइ छ ।

योगगुरु रामदेवले सबैभन्दा ठूलो कुरा कर्मयोग रहेको भन्दै त्यसको ‘बाइप्रडक्ट’को रूपमा उद्योग रहेको उल्लेख गरे । व्यावसायिक छवि बनाइसकेका उनले व्यवसायमा सफल हुन ब्राण्डसँगै गुणस्तरीय उत्पादनमा पनि ख्याल गर्न उद्योगी–व्यवसायीलाई सुझाव दिए । व्यावसायिक क्षेत्रमा इमानदारी सबैभन्दा महत्त्वपूर्ण कुरा हुने भन्दै उनले त्यसबाट कहिल्यै गिर्न नहुने बताए । कार्यक्रममा महासङ्घका अध्यक्ष पशुपति मुरारकाले नेपाल भारतबीच बहुआयामिक सम्बन्ध रहेको भन्दै पतञ्जलिको प्रवेशले जडीबुटीमा धनी मुलुक नेपालको औद्योगिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

‘नेपालमा रहेका जडीबुटीमध्ये केहीको पहिचान भए पनि धेरैजसोको पहिचान नै हुन सकेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा पतञ्जलिको प्रवेशले आयुर्वेदको क्षेत्रमा ठूलो महत्त्व राखेको छ ।’

पतञ्जलिको नेपाल युनिटमा साझेदार रहेका व्यवसायी डा। उपेन्द्र महतोले स्वस्थ, समृद्ध र सम्पन्न नेपाल निर्माणका लागि नेपालमा पतञ्जलिको युनिट खुल्नु उल्लेखनीय रहेको बताए । केही दशक अगाडिसम्म धान निर्यात गर्ने मुलुक नेपालमा अहिले आएर आयात गर्नुपर्ने अवस्था आएको भन्दै उनले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए । ‘स्वदेशी भावनाले मात्रै मुलुकको आर्थिक विकास सम्भव हुन्छ,’ गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्षसमेत रहेका महतोले भने । आर्थिक अभियान दैनिकले छापेको छ ।

कार्यक्रममा स्वामी आनन्द अरुणले नेपालमा लगानीमैत्री वातावरण बन्न नसकेको बताए । रामदेवका व्यावसायिक साझेदार रहेका आचार्य बालकृष्ण नेपाली मूलका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको