Like us!
Follow us!
Connect us!
Watch us!

सुन तस्करी प्रकरण: जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १३ : ५३ मा प्रकाशित

सुन तस्करी प्रकरण: जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

सुन तस्करी प्रकरणमा फरार जीवन चलाउनेविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी)को पत्राचारका आधारमा विश्वभरका प्रहरीको संगठन इन्टरपोलले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । 

६० किलो सुन तस्करी प्रकरणमा मुख्य नाइके बेल्जियन नागरिक दावा छिरिङसँग चलाउनेको सम्बन्ध रहेको खुलेको थियो । चलाउनेलाई यसअघि सीआईबीले पक्राउ गरे पनि छाडेको थियो । सुन तस्करी जाँचबुझ आयोगले समेत चलाउनेलाई पक्राउ गरी सीआईबीले नै छोडेको उल्लेख गरेको थियो ।

नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भौतिक रुपमा रहेको वा नरहेको बिषयमा जानकारी प्राप्त हुनेछ । सोही जानकारीको आधारमा उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।

राजश्व अनुसन्धान विभागले गत साउन ३ मा मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो ।

त्यसबेला झण्डै एक क्विन्टल सुन भन्सार जाँच पास पार गरेर बाहिरिएको भनिएपनि पछि जोख्दा ६० किलोमात्रै सुन भेटिएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको