Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकले देखायो लगानीकर्ता पाल्ने छाँट, इपिएस बढ्दा पिइ रेसियो ९.६ मात्रै

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, ०८ : ५४ मा प्रकाशित

प्राइम बैंकले देखायो लगानीकर्ता पाल्ने छाँट, इपिएस बढ्दा पिइ रेसियो ९.६ मात्रै

प्राइम बैंकले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको फी र कमिशनबाट हुने आम्दानी ३६ करोडले बढ्दा नाफामा उल्लेख्य सुधार भएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । यस त्रैमाससम्म बैंकको खुद नाफा २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ रहेको थियो । खुद नाफा करिब १६.६७ प्रतिशतले बढेको हो ।

खुद ब्याज आम्दानी - तेस्रो त्रैमास सम्ममा बैंकले ५ अर्ब ७८ करोड ३८ लाख रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ४ अर्ब ४७ करोड २५ लाख रहेको थियो । यो करिब ५.६८ प्रतिशतको वृद्धि हो ।

सञ्चालन मुनाफा - तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा ६ अर्ब २६ करोड ८३ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ५ अर्ब ५५ करोड २६ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब १२.८९ प्रतिशतले बढेको हो ।

खराब कर्जा अनुपात : अघिल्लो वर्ष ३.०६ प्रतिशत रहेको खराब कर्जाको अनुपात यो वर्ष बढेर ४.२९ प्रतिशत  पुगेको छ।

इम्पेरमेन्ट चार्ज : तेस्रो त्रैमासिकमा बैंकले इम्पेरमेन्ट चार्ज बापत् ६१ करोड ३९ लाख रुपैयाँ छुट्ट्याएको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले कुल ८९ करोड ५० लाख रुपैयाँ इम्पेरमेन्ट चार्जका लागि छुट्ट्याएको छ ।

वितरणयोग्य मुनाफा : जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ३१ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

प्रति सेयर आम्दानी : १९.७८ रुपैयाँ

मूल्य आम्दानी अनुपात : ९.६० गुणा (अन्तिम मूल्य १९० रुपैयाँ)

प्रति सेयर नेटवर्थ : १५४ रुपैयाँ ६० पैसा

चुक्ता पूँजी : १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ

जगेडा कोष : १० अर्ब २८ करोड रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको