Like us!
Follow us!
Connect us!
Watch us!

महासंघको पहलमा १० अर्ब बराबरको ‘इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गरिन्छ : चन्द्र ढकाल

अर्थ संसार

बुधबार, १९ बैशाख २०८१, १५ : ३६ मा प्रकाशित

महासंघको पहलमा १० अर्ब बराबरको ‘इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गरिन्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघको पहलमा १० अर्ब बराबरको ‘इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गर्न लागिएको बताएका छन् । 

बुधवार नेपाल घरजग्गा तथा आवास विकास संघको १७ औं साधारण सभामा उनले यस्तो बताएका हुन् । 

पुँजी अभावका कारण धेरै आयोजना र उद्योगहरु स्थापना गर्न नसकिएको भन्दै नेपालमा छरिएर रहेको पुँजीलाई एक ठाउँमा संकलन गरी देशभरका उद्यमी व्यवसायीहरुले लगानी गर्नसक्ने गरी १० अर्ब पुँजीको इन्भेष्टमेण्ट कम्पनी दर्ता गर्न लागिएको ढकालले बताए । 

उनले कम्पनीमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स अन्तर्गतका व्यवसायी तथा अन्य व्यवसायीहरुलाई समेत समेटेर कम्पनी स्थापना गरिने बताए । उनले ठूला मेगा प्रोजेक्ट, ट्रान्समिसन लाइन, ठूलो बस्ती विकास, राजमार्ग, जलविद्युत, पर्यटन लगायतका आयोजनाहरु सानो रकम अभावमा सम्पन्न हुन नसक्नेका आयोजनामा लगानी गर्नसक्ने गरी कम्पनी स्थापना गरिने बताए । 

सर्वसाधरणबाट पैसा जम्मा गरेर आईपीओमा जाने भन्दा पनि ९० प्रतिशत रकम उद्योगी व्यवसायीहरुबाट संकलन गरिने बताउँदै ढकालले कम्पनी स्थापनापछि ३५ देखि ४० अर्बका परियोजनामा लगानी गर्न सकिने अवस्था रहेको बताए । 

 ‘नेपालमा सम्भावना छ भन्ने सन्देश दिने र साना–साना छरिएर रहेको पुँजीलाई एउटा ठाउँमा ल्याएर सम्भावित अवसरहरुलाई सदुपयोग गरौं भन्ने हिसाबले कम्पनी दर्ता गर्न लागेका छौं । सर्वसाधरणबाट पैसा उठाएर आईपीओमा जाने खालको कम्पनी होइन । दश प्रतिशत सर्वसारधणलाई दिने बाँकी इक्वीटीकै रुपमा पुँजी बनाएर १० अर्बको कम्पनी भयो भने कम्तिमा ३५ देखि ४० अर्बका आयोजनाहरु गर्न सकिन्छ । सरकार रुग्ण रहेका उद्योग प्रतिष्ठानहरु लगानी गर्न सकिन्छ । अन्य सम्भावित आयोजनाहरुलाई समेट्न सकियोस् । हामीले वैदेशिक लगानी मात्रै भनेका छौं । हामीले स्वदेशी पुँजीमा पनि काम हुनसक्छ । सम्भावना छैन भन्ने खालको मनोभावलाई परिवर्तन गर्न सकिन्छ ।’ढकालले भनेका छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको