Like us!
Follow us!
Connect us!
Watch us!

इलाम-२ मा घण्टीको जमानत जफत

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, ०७ : ०९ मा प्रकाशित

इलाम-२ मा घण्टीको जमानत जफत

इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् । 

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् । 

त्यसैगरी रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् र उनको जमानत जफत भएको छ । 

कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ । लिम्बुको मिडिया र सामाजिक सञ्जालमा बढी चर्चा भएपनि उनले अपेक्षा अनुसारको मत हासिल गर्न भने असफल भएका छन् । यस क्षेत्रमा लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत भएको छ ।

इलाम-२ मा मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बूले ८१६ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका जितबहादुर राईले ४०८ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले ४०४ मत, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले २०६ मत पाएका छन् र जनमत पार्टीका प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका छन् । कुल १९ जना उम्मेदवार रहेको इलाम-२ का अन्य सबै उम्मेदारले सय भन्दा कम मत प्राप्त गरेका छन् ।  

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको