Like us!
Follow us!
Connect us!
Watch us!

सेबोन अध्यक्षका लागि यी ५ जनाको ‘सर्ट लिस्ट’ सार्वजनिक

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, २० : ४५ मा प्रकाशित

सेबोन अध्यक्षका लागि यी ५ जनाको ‘सर्ट लिस्ट’ सार्वजनिक

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न १९आवेदक माध्य पाँच जना छानिएको छ। 

छनोट हुनेमा नेपाल धितोपत्र बोर्डका निमित्त अध्यक्ष डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ,धितोपत्र बोर्डमै कार्यकारी निर्देशक रहेका मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ रहेका छन्। 

सरकारद्वारा गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले धितोपत्र बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त आह्वान गरेको थियो।

फागुन ३० गते अन्तिम बन्द भएको आवेदनमा १९ जनाले निवेदन दिएका थिए। 

अब संक्षिप्त सूचीबाट ३ जनाको नाम अर्थमन्त्री मार्फत् मन्त्रिपरिषद्मा सिफारिस हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको