Like us!
Follow us!
Connect us!
Watch us!

प्रोभिजनिङमा ठूलो रकम जाँदा आत्मनिर्भर लघुवित्तको नाफामा उल्लेख्य गिरावट, इपिएस २४.७ रुपैयाँमा सीमित

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, ०९ : ४६ मा प्रकाशित

प्रोभिजनिङमा ठूलो रकम जाँदा आत्मनिर्भर लघुवित्तको नाफामा उल्लेख्य गिरावट, इपिएस २४.७ रुपैयाँमा सीमित

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रोभिजनिङमा ठूलो रकम जाँदा कम्पनीको नाफामा उल्लेख्य गिरावट भएको हो ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म लघुवित्तको खुद नाफामा उल्लेख्य गिरावट भएको छ । यस त्रैमाससम्म कम्पनीको खुद नाफा १ करोड २७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तले ४ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद नाफा करिब ७१.५१ प्रतिशतले घटेको हो ।

खुद ब्याज आम्दानी

तेस्रो त्रैमाससम्ममा लघुवित्तले ८ करोड ६४ लाख रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ९ करोड २१ लाख रहेको थियो । यो करिब ६.१७ प्रतिशतको गिरावट हो ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा ६ करोड १४ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ६ करोड ८५ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब १०.३९ प्रतिशतले घटेको हो ।

खराब कर्जा अनुपात

अघिल्लो वर्ष ७.७१ प्रतिशत रहेको खराब कर्जाको अनुपात यो वर्ष घटेर ११.९४ प्रतिशत  पुगेको छ ।

लस प्रोभिजन

तेस्रो त्रैमासिकसम्ममा लघुवित्तले प्रोभिजन बापत् कुल १३ करोड २० लाख रुपैयाँ छुट्ट्याएको छ । तेस्रो त्रैमासमा मात्रै कम्पनीले २ करोड ९४ लाख ४७ हजार रुपैयाँ लस प्रोभिजन भनी छुट्ट्याएको हो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा १ करोड २७ लाख ५ हजार रुपैयाँ रहेको छ ।

प्रति सेयर आम्दानी

२४.७० रुपैयाँ (वार्षिकीकृत)

मूल्य आम्दानी अनुपात 

७८.७४ गुणा (अन्तिम मूल्य १९४५ रुपैयाँ)

प्रति सेयर नेटवर्थ

२८८.८६ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको