Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी,वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेको सीसीटीभी फुटेज

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, १७ : ०२ मा प्रकाशित

नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी,वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेको सीसीटीभी फुटेज

नबिल बैंकको वीरगन्जको बाइपास रोडमा रहेको शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ ।

आइतबार राति बैंकको ताल्चा फुटाई चोर भित्र प्रवेश गरेका थिए । प्रहरीका अनुसार सीसीटीभी फुटेजमा वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको छ । चोरले टिनको बक्सा फुटालेर एक सय र बीस रुपैयाँको नोट चोरेका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए ।

सोमबार बिहान बैंकको गार्डले ताल्चा खोल्दा नयाँ ताल्चा लगाइएको पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको रोहबरमा नयाँ ताल्चा खोलेर बैंक भित्र प्रवेश गर्दा पैसा चोरी भएको पाइएको थियो । सोमबार चोरी भएको पैसा एकिन गरि बैंकले प्रहरीमा जाहेरी दिएको हो । डीएसपी थापाका अनुसार प्रहरीले बैंकमा भएको चोरीको घटनाको सम्बन्धमा अनुसन्धान अगाडि बढाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको