सरकारले आज बुधबार सार्बजनिक बिदा दिएको थियो।
मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्बजनिक बिदा दिएको थियो। सार्वजनिक बिदाका कारण बैंक तथा वित्तीय क्षेत्रहरु बन्द नै रहे।
तर सेयरबजार भने बन्द हुन सकेन। बुधबार दिन भर सेयरबजार कै चर्चा र परिचर्चा भयो। दिनभर आज सेयरबजारका चर्चित दुई पात्रका कारण चलायमान भयो।
बजारमा दिनभर बजारमा एकदम चर्चित दुई जनाको सोसल मिडियामा राखिएको पोष्टका कारण बुधबार सेयरबजार चर्चाका शिखरमा नै रहयो।
स्टाटस-१
प्रभु: No.१ सेयर १००० पुग्छ।
भक्त: प्रभु ४०० मा किनेको ३२० आयो त?
प्रभु: अहिले यसको पालो आएको छैन।अब No.२. सेयर ३००० पुग्छ।
भक्त: प्रभु ९०० मा किनेकाे ७२० आयो त।
प्रभु: यसको पनि पालो आएको छैन। अब No. ३ सेयर १००० पुग्छ।
भक्त: पैसा त सिद्धियो त प्रभु।
प्रभु: चिन्ता नलिनुस No. ३ वाला सबै सेयर १००० पुग्छन् हेर्दै जानुस्।
भक्त: No. १ र No. २ लाई के गर्ने?
प्रभु: चिन्ता नलिनुस No. ३ वाला सबै सेयर १००० पुग्छन् हेर्दै जानुस्।
भक्त: No. ३ पनि १००० पुगेन भने?
प्रभु: No. ३ नपुगे, No. ४ त पुग्छ पुग्छ।
भक्त: ????
स्टाटस- २
TA: नेप्से ४००० पुग्छ।
लगानीकर्ता: प्रभु ३२०० नेप्से मा किनेको २८०० आयो त?
TA: अहिले चिन्ता लिनु पर्दैन, नेप्से ६००० नै पुग्छ।
लगानीकर्ता: प्रभु २५०० आयो त।
TA: केही चिन्ता लिनु पर्दैन, नेप्से ६००० पुग्छ पुग्छ।
लगानीकर्ता: पैसा त सिद्धियो त प्रभु, नेप्से त २००० आयो।
TA: अब १६०० आउँछ।
लगानीकर्ता: यी ककसका स्टाटस हुन हामीले नाम उल्लेख गरेका छैनौ। पता लगाएर कमेन्ट गर्नुहोला।
आज नेप्सेमा भने कुनै सेयर कारोबार भएन,सेयर बजार बन्द नै रह्यो।
यो पनि हेर्नुहोस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस