Like us!
Follow us!
Connect us!
Watch us!

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

अर्थ संसार

मंगलबार, ११ बैशाख २०८१, १५ : ४६ मा प्रकाशित

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन ।

चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषदको अध्यक्षमा चयन भएका हुन । परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ ।परिषदमा महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार  सुरेशकुमार बस्नेत लगायत चेम्बर अभियानका अग्रजहरू हुन् । 

परिषदले सरकार र निजी क्षेत्रबिचको समन्वय, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, उद्यमी एवं व्यावसायिक हकहित एवं निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पूर्वअध्यक्ष श्रेष्ठ चेम्बर अभियानमा ३ दशक देखि सक्रिय छन् ।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको