Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा वातावरण भएरै विदेशी कम्पनीले नाफा कमाइरहेका छन्ः मन्त्री पुन

अर्थ संसार

शनिबार, १५ बैशाख २०८१, १४ : ०३ मा प्रकाशित

नेपालमा वातावरण भएरै विदेशी कम्पनीले नाफा कमाइरहेका छन्ः मन्त्री पुन

तेश्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले रोकिएको क्रेडिट रेटिङ प्रक्रिया अघि बढाएको छ । त्यसका लागि अर्थ मन्त्रालयले शुक्रबार राजधानीमा सरोकारवालासँग ‘सार्वभौम क्रेडिट रेटिङ’ क्षमता विकास कार्यशाला आयोजना गरेको हो । 

कार्यशालाको उदघाटन शत्रमा बोल्दै मन्त्री पुनले ढिला नगरी रेटिङको काम अघि बढाइने बताए । क्रेडिट रेटिङपछि नेपालको आर्थिक अनुहार संसारले हेर्न पाउने र कसैलाई पनि आर्थिक अवस्थासम्बन्धी तथ्याङ्क भन्दै हिंड्नुनपर्ने उनको भनाइ थियो । 

नेपालले आन्तरिक श्रोत परिचालनबाट मात्र मुलुकको आवश्यकता र जनताको आकांक्षाअनुसार विकास गर्न सम्भव नहुने भएकाले वैदेशिक लगानी आकर्षित गर्नैपर्नेमा जोड दिए । त्यसका लागि मुलुकको वित्तिय स्वास्थ्य कस्तो छ भन्नेबारे लगानीकर्ताले जान्न सोभरेन रेटिङ जरुरी रहेको उनको भनाइ थियो । ‘हामीले विक्रम सम्वत् २१०० सम्म नेपाललाई विकसित अर्थतन्त्र भएको मुलुकमा स्तरोन्नती गर्ने गरी भिजन–२००१ को लक्ष्य लिएका छौं’, मन्त्री पुनले भने, ‘त्यसका लागि कम्तिमा पनि लगातार साढे ७ प्रतिशतको आर्थिक वृद्धि जरुरी छ । आर्थिक वृद्धिका लागि लगानी चाहिन्छ । सार्वजनिक र निजी लगानीबाट मात्र विकासका लक्ष्य पूरा हुन सक्दैन । ठूलो मात्रामा वैदेशिक लगानी बढाउनुपर्छ । वैदेशिक लगानीसँगै अर्थतन्त्रको आकार पनि बढ्छ ।

बाह्य लगानीसँगै आन्तरिक लगानी पनि वृद्धि हुने भएकाले छिटोभन्दा छिटो सोभरेन रेटिङमा जार्नैपर्ने भएको छ ।’ सोभरेन क्रेडिट रेटिङपछि लगानीकर्ताले आर्थिक, व्यवसायिक र नीतिगत व्यवस्था तथा लगानीको वातावरण कस्तो छ भन्नेबारे सजिलै जानकारी पाउने भएकाले मुलुकको विश्वसनियतासमेत वृद्धि हुने मन्त्री पुनको भनाइ थियो । आफूले केही समयअघि अमेरिका भ्रमणका क्रममा विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिसँग भेटेपछि नेपालमा अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षण रहेको पाएको बताए । नेपालमा लगानी र नाफा कमाउन सक्ने वातावरण भएको विषयमा अन्तर्राष्ट्रिय स्तरमै बुझाउन नसक्दा सोचेजति वैदेशिक लगानी आउने नसकेको मन्त्री पुनले उल्लेख गरे । ‘नेपालमा जुनजुन बहुराष्ट्रिय कम्पनीले र विदेशी लगानीकर्ताले लगानी गरेका उद्योग व्यवसाय छन् तीमध्ये एउटा पनि हालसम्म टाट पल्टिएर फर्किएको भन्ने मेरो जानकारीमा छैन’, उनले भने, ‘यसले के पुष्टि गर्छ भने नेपालमा वैदेशिक लगानीको प्रचुर सम्भावना छ । हामीले अहिलेसम्म यो कुरा अन्तर्राष्ट्रिय जगतले बुझ्ने गरी बताउनै सकेनौं ।’ नेपालमा लगानीको वातावरण राम्रो रहेको, लगानीका धेरै क्षेत्र भएका तथा नाफाको ग्यारेण्टी रहेको विषयमा संसारलाई बुझाउन सक्नुपर्ने पुनले स्पष्ट गरे । 

बाहिर भनिएजस्तो लगानी प्रतिकूल वातावरण भएको भए किन लगानीकर्ता आउँथे र हाल लगानी गरिरहेकाहरुले लगानीको क्षेत्र विस्तार गर्थे भन्ने प्रश्न पुनले गरे । ‘हाम्रोमा धेरै राम्रा कुराहरु पनि छन् । लगानी सम्मेलनमै ४० देशबाट लगानीकर्ता र उनीहरुको प्रतिनिधि आउने निश्चित भएको छ’, मन्त्री पुनले प्रश्न गरे, ‘हामी खत्तमै थियौं भने ठूला विदेशी कम्पनीहरु लगानी गर्ने सोचका साथ किन नेपालमा आइरहेका छन् त ?’ 

अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले सोभरेन क्रेडिट रेटिङको रोकिएको प्रक्रिया अघि बढेको बताए । उनले रेटिङपछि विश्वले नेपालको आर्थिक अवस्थाका साथै आर्थिक पारदर्शीता र सुशासनको अवस्थाबारे समेत जानकारी पाउने उल्लेख गरे । रेटिङपछि थप वैदेशिक लगानी आउने वातावरण बन्ने विश्वास घिमिरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको