Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थानको नाफा २९९.४६ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो

अर्थ संसार

बुधबार, २६ बैशाख २०८१, ०८ : ४९ मा प्रकाशित

निर्धन उत्थानको नाफा २९९.४६ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो

निर्धन उत्थान लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

खुद नाफामा आर्कषक सुधार 

लघुवित्तको खुद नाफा आकर्षक रुपमा बढेको छ। गत आर्थिक वर्षको तुलनामा लघुवित्तको नाफा २९९.४६ प्रतिशतले बढेको छ। यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तेस्रो त्रैमाससम्म यस संस्थाले ४ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

सञ्चालन नाफामा ५६९.३७ प्रतिशतको बृद्धि

लघुवित्तको सञ्चालन नाफा ५६९.३७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमास सम्म ६ करोड ४५ लाख रुपैयाँ सञ्चालन नाफा रहेकोमा यस आर्थिक वर्ष बढेर उक्त नाफा ४३ करोड २० लाख रुपैयाँ पुगेको छ। 

लघुवित्तले आफ्नो खराब कर्जा घटाएको छ। गत वार्स्ग १२.०९ प्रतिशत रहेको खराब कर्जा अहिले १०.७७ प्रतिशतमा झरेको छ ।

चुक्ता पुँजी
२ अर्ब ६१ करोड रुपैयाँ

जगेडा कोष
२ अर्ब ४३ करोड

प्रतिसेयर आम्दानी
८ रुपैयाँ ९८ पैसा (वार्षिक) (गत वर्ष प्रतिसेयर आम्दानी २ रुपैयाँ २५ पैसा रहेको )

प्रतिसेयर नेटवर्थ
१८६ रुपैयाँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको