Like us!
Follow us!
Connect us!
Watch us!

बोनस पारित गर्ने प्रस्तावसहित नेपाल रिइन्स्योरेन्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, ११ : ०० मा प्रकाशित

बोनस पारित गर्ने प्रस्तावसहित नेपाल रिइन्स्योरेन्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई ५ प्रतिशत लाभांशको व्यवस्था गरेको छ ।

कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले जेठ १७ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

सभामा कम्पनीको हाल कायम चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७५० रुपैयाँको ४.७५ प्रतिशतले हुन आउने ६० करोड ८६ लाख ४३ हजार ३२८ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पेश गरि पारित गरिने जनाइएको छ । 

साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ६ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात जेठ ५ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको