Like us!
Follow us!
Connect us!
Watch us!

चिनियाँ विद्युतीय सवारी निर्माता निओलाई अबुधाबीको सिआईभिएनको साथ

अर्थ संसार

मंगलबार, ०३ पुस २०८०, १२ : १२ मा प्रकाशित

चिनियाँ विद्युतीय सवारी निर्माता निओलाई अबुधाबीको सिआईभिएनको साथ

चीनको विद्युतीय सवारी निर्माता कम्पनी निओमा अबुधाबीको सिआईभिएन होल्डिङ्ग्सले २.२ अर्ब डलर लगानी गर्ने भएको छ ।

विद्युतीय सवारी उत्पादनमा टेस्ला, बिएमडब्ल्यु, मर्सिडिज लगायत नाम चलेका अन्तर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको निओले नयाँ लगानीकर्ताको विश्वास पाएको हो । विशेषगरि टेस्लाले प्राइस वार शुरु गरेपछि निओले खर्च घटाउन १० प्रतिशत कर्मचारी कटौती गरेको थियो भने सहायक उत्पादनहरु निर्माण गर्ने कामलाई पछि सारेको थियो ।

सम्झौतासँगै अब सिआईभिएन होल्डिङ्ग्सले निओमा २ अर्ब २० करोड ५० लाख डलर लगानी गर्नेछ जसबाट होल्डिङ्सले निओको ७.५ डलर अङ्कित दुई करोड ९४ लाख कित्ता सेयर पाउनेछ । यससँगै निओमा होल्डिङ्ग्सको सबैभन्दा धेरै अर्थात २०.१ प्रतिशत स्वामित्व हुनेछ ।

निओले ब्याट्री प्रविधिमा ठूलो फेरबदल गर्दै गाडीका मुख्य पार्टपुर्जाहरु आफै निर्माण गर्ने तयारी गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको