Like us!
Follow us!
Connect us!
Watch us!

सनराइजर्स आइपिएलको फाइनलमा

अर्थ संसार

शनिबार, १२ जेठ २०८१, १० : ०२ मा प्रकाशित

सनराइजर्स आइपिएलको फाइनलमा

सनराइजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ ।

शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स फाइनलमा पुगेको हो ।

सनराइजर्सले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १७५ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्स तेस्रो पटक फाइनलमा पुगेको छ । यस अघि सनराइजर्सले २०१६ मा उपाधि जितेको थियो भने २०१८ मा फाइनलमा पराजित भएको थियो ।

अब फाइनल खेल आइतबार सनराइजर्स हैदरावादले कोलकोता नाइट राइडर्ससँग खेल्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको