Like us!
Follow us!
Connect us!
Watch us!

स्लोभेनियासँग बराबरीमा रोकियो डेनमार्क

अर्थ संसार

सोमबार, ०३ असार २०८१, ०८ : ११ मा प्रकाशित

स्लोभेनियासँग बराबरीमा रोकियो डेनमार्क

डेनमार्क जारी युरोकपको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा डेनमार्कलाई स्लोभेनियाले १-१ गोलको बराबरीमा रोकेको हो ।

डेनमार्कका लागि खेलको १७औ मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ७७औं मिनेटमा स्लोभेनियाका एरिक जान्जाले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि दुवैले एक एक अंक हासिल गरेका छन् ।

अब डेनमार्कले अर्को खेल जुन २० मा इङल्याण्डसँग खेल्ने छ भने स्लोभेनियाले सर्बियासँग जुन २० मै खेल्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको