Like us!
Follow us!
Connect us!
Watch us!

नेदरल्याण्डसको युरोकपमा विजयी शुरुवात

अर्थ संसार

सोमबार, ०३ असार २०८१, ०७ : ५३ मा प्रकाशित

नेदरल्याण्डसको युरोकपमा विजयी शुरुवात

नेदरल्याण्डसले युरोकपमा विजयी शुरुवात गरेको छ । समुह डी अन्तर्गतको खेलमा आइतबार राति सम्पन्न खेलमा नेदरल्याण्डसले पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोलले पछि परेको नेदरल्याण्डसले खेलमा कमब्याक गर्दै जित हासिल गरेको छ । नेदरल्याण्डसको जितमा कोडी गाक्पो र वोउट वेघोर्स्टले एक एक गोल गरेका थिए । यस अघि एडम बुकसाको गोलमा पोल्याण्डले शुरुवाती अग्रता लिएको थियो ।

यो जितपछि नेदरल्याण्डसले समुह डी मा महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

अब नेदरल्याण्डसले अर्को खेल जुन २२ मा फ्रान्ससँग खेल्ने तालिका छ भने पोल्याण्डले जुन २१ मा अस्ट्रियासँग खेल्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको