Like us!
Follow us!
Connect us!
Watch us!

जर्मनीको वर्लिनमा दूतावासले गर्‍यो राष्ट्रपतिको स्वागत

अर्थ संसार

सोमबार, ०३ असार २०८१, ०८ : ०८ मा प्रकाशित

जर्मनीको वर्लिनमा दूतावासले गर्‍यो राष्ट्रपतिको स्वागत

 मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार विशेष  स्वागत समारोह आयोजना गरेको छ। 

राष्ट्रपति पौडेलको  सम्मानमा आयोजित समारोहमा प्रथम महिला सबिता पौडेल, भ्रमण दलका सदस्य र यहाँस्थित  नेपालीको  सहभागिता थियो।  साे अवसरमा राष्ट्रपति पाैडेलले एक पटकको नेपाली सधैंको नेपाली रहेको धारणा व्यक्त  गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटाे र  मातृभूमिलाई कहिल्यै नविर्सन आग्रह गरे। 

'जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयाेगबाट नेपालकाे आर्थिक विकासमा याेगदान पुर्‍याउन म सबै नेपालीलाई हार्दिक आह्वान गर्दछु', राष्ट्रपति पाैडेलले भने। उनले आफूले अन्तर्राष्ट्रिय श्रम संगठनकाे सम्मेलनलाई सम्बाेधन गर्दै श्रम र सामाजिक न्यायकाे सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गरे। उनले जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्नु आजको विश्वकाे साझा चुनाैति रहेकाे बताउदै खासगरी यसका कारक नरहेका विकाससील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनु पर्नेमा जाेड दिए।

सो अवसरमा राष्ट्रपति पौडेललाई  जर्मनका लागि नेपालका राजदूत  रामकाजी खड्का तथा यहास्थित  नेपालीहरूले स्वागत गरेका थिए। 

सो  अवसरमा राजदूत खड्काले जर्मन  नेपालबीच लामो  समयदेखिकाे सम्बन्ध, विकास र सहयाेगका बहुआयामिक  पक्षबारे जानकारी गराएका थिए। साथै, जर्मनमा रहेका नेपालीकाे अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेकाे सहकार्य र समन्वयबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

जर्मनमा रहेको गैर आवासीय नेपाली संघका तर्फका राष्ट्रपति पाैडेललाई अभिनन्दन गरिएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि आइतबार दिउँसो  जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा  विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका थिए। राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुगेका हु्न्।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा  राष्ट्रपति पाैडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुगेका हुन्। राष्ट्रपति पाैडेल र उहाँका समकक्षी सङघीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा फरयाङक वाल्टर स्टाइनमेयरबीच साेमबार भेटवार्ता हुने कार्यक्रम छ।

666f9e454b82d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको