Like us!
Follow us!
Connect us!
Watch us!

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

अर्थ संसार

आइतबार, ०२ असार २०८१, १२ : ५१ मा प्रकाशित

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) इ–मेलसहित रद्द गरेको छ । प्राधिकरणले तोकिएको समयभित्र नवीकरण नगरेपछि ७ वटा सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द भएको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार मोरङको बशिष्ठ केबल प्राली, मारेङकै इन्फो नेट टेक्नोलोजी प्राली, जुम्लाको सिम्पल इन्टरनेट सिष्टम एण्ड टेक्नोलोजी प्राली, झापाको एसिया नेट कम्युनिकेशन प्राली, गुल्मीको फास्ट स्पिड लिङ्क नेटवर्क प्राली, धनुषाको यस नेट नेपाल प्राली र काठमाडौंको मिथिला डिजिटल नेपाल प्रालीको अनुमति पत्र रद्द गरेको हो ।

अनुमति पत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र अनुमति पत्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमति पत्र नवीकरणको लागि निवेदन पेस नगरेकोले सेवा प्रदायकहरूको अनुमति पत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ९५० बमोजिम स्वतः रद्द भएको प्राधिकरणले उल्लेख गरेको छ ।

साथै उक्त सेवा प्रदायकहरूले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र तिर्नुपर्ने रकम बुझाउन निर्देशन समेत दिएको छ ।

666e8f5705eb4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको