Like us!
Follow us!
Connect us!
Watch us!

फ्रान्सलाई हराउदै स्पेन युरोकपको फाइनलमा

अर्थ संसार

बुधबार, २६ असार २०८१, ०८ : ३१ मा प्रकाशित

फ्रान्सलाई हराउदै स्पेन युरोकपको फाइनलमा

स्पेन युरोकपको फाइनलमा पुगेको छ । जारी युरोकपको सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो ।

स्पेनको जितमा लामिन यमल र डानी ओल्मोले एक एक गोल गरेका थिए । त्यस्तै फ्रान्सका लागि एक गोल राण्डल कोलो मुआनीले एक गोल गरेका थिए ।

यस खेलमा स्पेनका लागि पहिलो गोल गरेका यमलले १६ बर्षको उमेरमा युरोकपमा गोल गर्दै अहिलेसम्म सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् ।

यो जितपछि स्पेन पाँचौं पटक युरोकपको फाइनलमा पुगेको छ । स्पेनले यस अघि तीन पटक युरोकपको उपाधि जितेको छ भने एक पटक उपविजेता बनेको छ ।

त्यस्तै यो हारपछि फ्रान्सको युरोकप यात्रा भने समाप्त भएको छ ।

अब स्पेनले जुलाई १५ मा हुने फाइनल खेलमा नेदरल्याण्डस र इङल्याण्डबीचको विजेतासँग खेल्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको