Like us!
Follow us!
Connect us!
Watch us!
डिम्याट खाता नहुनले साधारण सेयर भर्न नपाउने

संचयकर्तालाई डिम्याट खाता खोल्न कर्मचारी संचयक कोषको आग्रह

विहीबार, १३ पुस २०७४, ०८ : ५५ मा प्रकाशित

संचयकर्तालाई डिम्याट खाता खोल्न कर्मचारी संचयक कोषको आग्रह

अर्थ संसार, काठमाडौँ– कर्मचारी संचयक कोषले आफ्नो सञ्चयकर्ताहरुलाई हितग्राही खाता (डिम्याट खाता) खोल्न आग्रह गरेको छ ।

हितग्राही खाता नहुनेले अब साधारण सेयर खरिद गर्न नपाउने  भएको सवै सञ्चयकर्तालाई हितग्राही खाता खोल्न आग्रह गरेको हो ।

कोषले ऋण लगानी गरेको जलविद्युत परियोजनाहरुसँग सम्वद्ध जलविद्युत कम्पनीहरुको सेयर मध्ये कोषसका सञ्चयकर्ताका लागि छुट्टयाइएको साधारण निकट भविष्यमा नै निष्काशन हुन लागेको हुँदा आफ्ना सञ्चायकर्तालाई हितग्राही खाता खोल्न आज एक सूचना प्राकाशित गरी आह्वान गरेको हो ।

नेपाल धितोपत्र बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार सेयरर खरिदका लागि अनिवार्यरुपमा उक्त खाता हुनैपर्ने व्यवस्था गरेको छ ।

बोर्डका अनुसार अझै पनि तीन लाख बढीले त्यस्तो खाता खोलेका छैनन् । हितग्राही खाता नहुनेले निकट भविष्यमा नै आउन लागेको साञ्जेन जलविद्युत् कम्पनीको साधारण सेयरमा आवेदन दिन नपाउने भएका हुन् ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेनले निकट भविष्यमा सीमित साधारण सेयर जारी गर्न लागेको छ । सेयर बिक्रीका लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल, प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, सिभिल क्यापिटल र एनएमबी क्यापिटल छन् ।

कम्पनीको अनुसार  १०० मूल्य अंकित तीन करोड ६५ लाख कित्ता सेयरमध्ये कर्मचारी सञ्चयकोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीलाई ७१ लाख १७ हजार ५०० बराबरको कित्ता शेयर बिक्री गर्न लागेको छ ।

यस्तै, संस्थापक सेयर धनी संस्थाका कर्मचारीलाई १२ लाख ७७ हजार ५०० कित्ता र ऋणदाता संस्थाका कर्मचारीलाई तीन लाख ६५ हजार कित्ता गरी पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता साधारण बिक्री गर्न लागेको जनाएको छ ।

सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २६ गते उक्त कम्पनीले स्वीकृति पाइसकेको छ । बोर्डको नियमअनुसार आस्वा प्रणालीमार्फत शेयर आवेदन दिनका लागि हितग्राही खाता अनिवार्य रहेको भन्दै तत्काल उक्त खाता खोल्न कम्पनीले आग्रह गरेको हो ।
कम्पनीका अनुसार पहिलो चरणमा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवाको साविक जिविस तथा गाविसका कर्मचारीलेसमेत उक्त शेयर खरिद प्रक्रियामा सहभागी हुन सक्नेछन् । कर्मचारी सञ्चय कोषका कर्मचारी, सञ्चयकोषमा रकम जम्मा गरेका कर्मचारीले सेयर खरिद प्रक्रियामा सहभागी हुनसक्ने व्यवस्था गरिएको छ ।
यस्तै कम्पनीले दोस्रो चरणमा स्थानीय प्रभावितलाई १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत साधारण सेयर बिक्री गर्ने तयारी गरिएको जनाएको छ ।

कम्पनीका अनुसार कूल १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन निर्माणको अन्तिम चरणमा पुगेको छ । आगामी असारदेखि सो आयोजनाले विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

यस्तै तल्लो साञ्जेन जलविद्युत् आयोजनाको पनि भौतिक प्रगति ५० प्रतिशतमाथि पुगेको छ । सो आयोजनाको क्षमता ४२.५ मेगावाट रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको