Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार थामिदै

विहीबार, १३ पुस २०७४, १५ : २९ मा प्रकाशित

सेयर बजार थामिदै

अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन आज नेपला स्टक एक्स्चेन्ज (नेप्से) सामान्य अंकले घटेको छ । विगतको तुलना आज बजार केही थामिएको छ ।

हिजो अर्थात बिहीबार दोहोरो अंकले घटेको बजार आज १०.७३ अंकले घटेको छ । राजनीतिक अन्योलता र कारोबारमा मूल्य अभिवृद्धि करको विवाद लगायतका कारणले लगातार घट्दै आएको सेयर बजार आज पनि बढ्न भने सकेन  ।

जम्मा १ सय ६२ वटा कम्पनीको १८ लाख ६१ हजार ६५ कित्ता सेयर खरिदविक्री हुँदा ८१ करोड ६९ लाख ९८ हजार ६ सय २४ रुपैयाँको कारोबार भएको छ । आज ट्रेडिङ ४.८२, होटल ७.०६ र अन्य १.१६ अंकले बढेको छ ।

यता बैकिङ १६.२६, विकास बैंक १२.४७ अंक, हाइड्रोपावर ६.५४, फाइनान्स ०.५४, विमा ३.४८, उत्पादन ०.५८ र माइक्रोफाइनान्स ३.०९ अंकले घटेको छ । नेप्से समान्य अंकले घटेको दिन कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ। 

5a44c0f2952b2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको